प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

बागमती प्रदेशमा राप्रपाको तीनजना मन्त्रीको नाम फाइनल

२०७९ माघ ११, बुधबार ०६:४३ बजे

हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पनि वागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ । राप्रपाले उद्धब थापा, डम्बर तामाङ र राज विष्टलाई मन्त्री बनाउने भएको हो ।

प्राप्त जानकारी अनुसार उद्धब थापाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय, डम्बर तामाङले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्ट वन तथा वातावरण मन्त्रालय पाउने पक्का भएको स्रोतले बतायो ।