प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

फिफा वरीयतामा नेपालको सुधार

२०७९ आश्विन २०, बिहीबार १९:१९ बजे

काठमाडौं – फूटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ।

बिहीबार सार्वजिनिक फिफा वरीयताअनुसार, नेपाल १ सय ७५ औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १ सय ७६औं स्थानमा थियो।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत १ सय ६ औं र माल्दिभ्स १ सय ५४ औं स्थानमा रहेको छ । भारत १ सय ६ औं स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८५ औं, पाकिस्तान १ सय ९४ औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल, बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। त्यस्तै इटाली छैटौं, स्पेन सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।