प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

ललितपुर–१ मा कांग्रेसका राणा विजयी

२०७९ मंसिर ७, बुधबार ०८:२६ बजे

ललितपुर – ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित निकालेका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उनका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गरेका छन् ।

यसअघि विसं २०७४ पनि प्रतिनिधि सभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा थिए । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधि सभामा जित हासिल गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गरेका थिए ।