प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द

२०८० चैत्र २७, मंगलबार १९:१५ बजे

हेटौंडा – हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक आजबाट बन्द भएको छ । फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको काम भइरहेकोले सडक बन्द भएको हो ।

दक्षिणकाली नगरपालिकाले एक सूचना जारी गर्दै लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य भइरहेकोले आजबाट सवारीसाधन आवतजावतमा रोक लगाएको जानकारी दिएको हो ।

अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द हुने सुचनामा उल्लेख छ । अर्को सूचना जारी नभएसम्मको लागि उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्नु सुचना मार्फत आग्रह गरिएको छ ।