प्रहर खबर
 २०८१ जेठ ५, शनिबार    

मकवानपुरमा स्वास्थ्य चौकी भवनबाट खसेर एक जना गम्भीर घाइते

२०७९ फाल्गुन ४, बिहीबार ०६:४९ बजे

हेटौंडा – मकवानपुर बकैया गाउँपालिका–४ गरगरेस्थितमा छतिवन स्वास्थ्य चौकीको भवनबाट खसेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बकैया–७ हात्तिखोला बस्ने ८० वषीय आईते माझी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार माझी स्वास्थ्य चौकीमा आँखा शिविररमा उपचार गराउन आएका थिए । पिसाब फेर्न भनेर निस्किएका माझी स्वास्थ्य चौकी भवनको एक तल्ला माथिबाट खसेर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते माझीलाई तत्काल उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनको शरिरको बिभिन्न भागमा चोट अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।