प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

सुनको मूल्य अहिलेसम्मकै उच्च

२०८० जेठ १७, बुधबार ०७:४० बजे

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्दै अहिलेसम्मै उच्च भएको छ। मंगलबारको तुलनामा बुधबार तोलामा १ हजार ५०० रुपैयाँ बढेर नेपाली बजारमा सुन हालसम्मकै महङ्गो बनेको हो।

बुधबार छापावाल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ प्रतितोला कायम भएको छ।

यसअघि मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो।

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।