प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा उपमहानगरको पाँच निर्णय: साढे १५ सय घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विजुली 'फ्रि' !

२०७९ जेठ ९, सोमबार ०८:२० बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन् । सोमबार उपमहानगरको सभाहलमा पद तथा गोपनीयताको सपथपछि दुबै जनाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि मेयर लामाले पाँच वटा निर्णय गरेकी छन् । उपमहानगरभित्र रहेका अति विपन्न घरपरिवार मध्ये १५ सय ४१ घरपरिवारलाई निःशुल्क स्वास्थ्य विमा कार्यक्रम संचालन गर्ने भएको छ । त्यस्तै सो घरपरिवारलाई मासिक १५ हजार लिटर खानेपानी र २५ युनिट विजुली पनि निःशुल्क उपलब्ध गराउने निर्णय भएको हेटौंडा उपमहानरपालिकाले जनाएको छ ।

त्यस्तै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको लागि मेयर छात्रावृत्ती कार्यक्रम संचालन गर्ने र बाटो विस्तारको क्रममा बाटोबिचमा भएको विद्युतीय पोल ब्यवस्थापन गर्ने निर्णय भएको छ । महिला जागण समुहमार्फत लैङ्गिक हिंसा विरुद्धका अभियान संचलान गरिने र पिडित÷प्रभावित महिल तथा बालबालिकाको लागि अल्पकालिन आश्रय स्थल मार्फत प्रभावकारी रुपमा पुनस्र्थापनाको लागि कार्यहरु संचालन गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।

htd up 1