प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मकवानपुरमा मिटरब्याज पीडित र स्थानीयबीच कुटाकुट

२०८० फाल्गुन २, बुधबार ०८:०६ बजे

हेटौंडा – न्याय मार्चमा हिँडेका मिटरब्याज पीडित र स्थानीयबीच मकवानपुरमा झडप हुँद २१ जना घाइते भएका छन् ।

मिटरब्याजको समस्या समाधान नभएको भन्दै पीडितहरुले १६ माघमा पूर्वको काकडभिट्टा र पश्चिमको कञ्चनपुरबाट न्याय मार्च थालेका थिए । काकडभिट्टाबाट पैदल हिँडेर आएको मिटरब्याज पीडितको समूह मकवानपुरको मनहरी पुलमा आइपुग्दा स्थानीय एक समूहसँग विवाद भएको थियो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिका संयोजक अवधेश कुशवाहका अनुसार गाडी राखेर बाटो अवरोध गरेपछि विवाद सुरु भएको थियो । त्यसक्रममा झडप भएको उनले बताए । झडपमा घाइते भएकाहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।घाइते हुनेहरुमा धेरैजसो मिटरब्याज पीडित छन् भने केही स्थानीय छन् ।