हेटौंडा – चितवनको भरतपुर महानगरपालिका–१ बसपार्कस्थित एक होटलको अगाडी पेटिमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।
बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बसपार्क स्थित धादिङ्ग होटल अगाडी पेटिमा सुतिराखेको अवस्थामा अन्दाजी ६० बर्षीय पुरुषको शव फेला परेको हो ।
मृतक पुरुषको पहिचान खुलेको छैन । उनी सोही बसपार्क क्षेत्रमा माग्दै खादै हिड्ने गरेको प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।