प्रहर खबर
 २०८१ माघ २, बुधबार    

हेटौंडाकी घिसिङ पक्राउ

२०८१ मंसिर १२, बुधबार २१:१२ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका-३ का ३४ वर्षीया सानु घिसिङलाई प्रहरीले मंगलबार उनको घरबाट पक्राउ गरेको छ। घिसिङलाई जिल्ला अदालत मकवानपुरले तीन वर्ष अघि, २०७९ चैतमा बहुविवाहको कसूरमा दोषी ठहर गर्दै ११ महिना १८ दिनको कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो।

प्रहरीका अनुसार, घिसिङलाई कैद सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको हो। अदालतले दोषी ठहर गरेपछि, घिसिङलाई जरिवाना असुली गर्न र कैदको सजाय भुक्तान गर्नको लागि क्षेत्रीय कारागार भीमफेदी पठाएको छ।