प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडा सब्जीमण्डीबाट दुई जना पक्राउ

२०७९ माघ १३, शुक्रबार ०६:५५ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.१ चौकीटोलस्थित सब्जीमण्डीबाट लागुऔषध सहित युवक पक्राउ परेका छन् ।

पर्सा छिपरमाई गाँउपालिका–२ घर भई हेटौंडा–१ जरुवाटोल बस्ने १९ वर्षीय राजु शर्मा र मझरिया आदापुर पुर्ब चम्पारण बिहार बस्ने २१ वर्षीय समिमुल्लाह अंन्सारी रहेका छन् ।

सडकमा शंकास्पद रुपमा बसिरहेका उनिहरुको साथबाट लागुऔषध नाईट्राभेट २७२ ट्याबलेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।