प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

प्रहरी नायव निरीक्षक उपाध्याय मृत भेटिए

२०८० पौष ८, आईतबार १४:५८ बजे

काठमाडौं – भक्तपुरमा नेपाल प्रहरीका एक प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ वर्षीय प्रहरी नायव निरीक्षक बालकृष्ण उपाध्याय मृत फेला परेको भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए ।

उनका अनुसार उनी भक्तपुरको सिपाडोलस्थित आफ्नै घरको तेस्रो तलामा कोठा भित्र मृत अवस्थामा भेटिएका हुन् । घटनाको जानकारी लगत्तै तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिएर थप अनुसन्धान कार्य भई रहेको उनले जानकारी दिए ।