प्रहर खबर
 २०८० फाल्गुन १६, बुधबार    

एनएसएल: पोखरामाथि काठमाडौंको नाटकीय जित

२०८० मंसिर २५, सोमबार १९:३५ बजे

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल)मा सोमबार काठमाडौं रेजर्सले पोखरा थन्डर्सलाई २–१ गोल अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको खेलमा काठमाडौंले पोखरामाथि उत्कृष्ट पुनरामगन गरेको हो ।

खेलमा काठमाडौंमाथि दबाब बनाएको पोखराले अग्रता पनि लिएको थियो । तर अन्तिम समयमा सम्हालिन नसक्दा पोखरा पराजित हुन पुग्यो । काठमाडौंले खेलको अन्तिम ८ मिनेटमा उत्कृष्ट पुनरामगन गर्दै जित हात पारेको हो ।

खेलको ५७ औं मिनेटमा आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । खेल सकिन ८ मिनेट अघि जुनियर एनकेनगुईले खेल बराबरीमा ल्याएका थिए । खेलको इन्जुरी समयमा शोख्रुक महामदजोजियवले गोल गर्दै काठमाडौंलाई २–१ गोलका जित दिलाए ।

एनएसएलमा यो काठमाडौंको दोस्रो जित हो । काठमाडौं ८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने समान अंक भएपनि पोखरा चौथों स्थानमा झरेको छ ।

ललितपुर सिटी एफसी ९ अंक सहित शीर्ष स्थानमा यथावत छ  भने धनगढी ८ अंक सहित दोस्रो रहेको छ ।