प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

मकवानपुरमा हात्तीको आक्रमणबाट एक महिला घाइते

२०८१ जेठ ३, बिहीबार ०९:०३ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ पेञ्चेमा हात्तिको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ बर्षीय विन्दु माया प्रजा रहेकी छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार बुधबार बिहान ज्यामिरे मध्वर्ती सामुदायिक जङगलमा निहुरो टिप्न गएकी प्रजालाई जंगली हात्तिले आक्रमण गरी घाइते बनाएको हो । उनको सरकारी अस्पताल भतरपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको बाँया खुट्टामा फ्याक्चर, दाँया खुट्टामा सामान्य चोट र छातिमा भित्री चोट लागेको प्रहरीले जनाएको छ ।