हेटौंडा – आफ्नै घरमा प्लकमा तार जोड्ने क्रममा सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१२, मनिवा बस्ने ५२ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार तामाङ आफ्नै घरमा प्लकमा तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहको प्रहरीले जनाएको छ।