प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

मनहरीबाट परियार र स्याङबो पक्राउ

२०८१ मंसिर ११, मंगलबार ०८:२१ बजे

मकवानपुर – मनहरी गाउँपालिका-९ भलादमी चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा १० किलो २ सय ५० ग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-८ बस्ने २८ वर्षीय राम कुमार परियार र सोही गाउँपालिका-९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबो रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ ह ५०३३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक परियार र अटोमा सवार स्याङबोलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।