प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

बाजुरामा भूकम्प: एक जनाको मृत्यु, क्षतिको विवरण संकलन जारी

२०७९ माघ १०, मंगलबार १७:३९ बजे

काठमाडौं – बाजुरामा मंगलबार दिउँसो ५.९ म्याग्नेच्युडको भूकम्प गएको छ । दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पमा परेर जिल्लाको गौमुल गाउँपालिका जुरेलीको एक महिलाको मृत्यु भएको छ । स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर  ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा घर भत्किएको छ । अहिलेसम्म २५ घर भत्काएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

अन्य स्थानमा पनि घरहरु भत्किएको बताइएको छ । विस्तृत विवरण संकलको काम जारी छ । प्रहरीले उद्दार गरिरहेको छ । भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेश सहित भारतमा पनि महशुस गरिएको थियो ।