प्रहर खबर
 २०७९ असार १२, आईतबार    

‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन

२०७९ जेठ १७, मंगलबार १३:०६ बजे

काठमाडौं – यही जेठ १३ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबड्डी–४’की अभिनेत्री मिरुना मगरविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।

मिरुनालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका एक बौद्ध भिक्षुलाई तत्काल रिहाइ गर्न माग गर्दै मंगलबार चावहिलस्थित केएल टावर अगाडि फिल्म ‘कबड्डी–४’ विरुद्ध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन हुन् । उनीहरूले कबड्डी–४ को पोष्टर समेत जलाएका छन् । अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई रिहा गर्नुपर्ने माग राखेका छन् ।

कबड्डी–४ फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले आइतबार मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो । तामाङलाई म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।