प्रहर खबर
 २०७९ भाद्र २, बिहीबार    

मकवानपुरमा लागुऔषधसहित एक महिला पक्राउ

२०७९ जेठ २९, आईतबार १४:०९ बजे

हेटौंडा – मकवानपुरमा लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा राक्सीराङग गाउँपालिका–१ स्थायी वतन भई हाल बकैया गाउँपालिका–५ कर्मचुली बस्ने ३५ वर्षीया फुलमाया भुलुन रहेकी छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी हात्तीसुडे मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा १ किलो ४०० ग्राम सहित भुलुन शनिबार पक्राउ गरेको हो । भुलुनको घरमा चेकजाँच गर्दा उनको घर भित्र लुकाई छपाई राखेको अबस्थामा उक्त परिमाणमा लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।