प्रहर खबर
 २०८१ बैशाख २१, शुक्रबार    

आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु

२०८१ बैशाख ७, शुक्रबार १९:४५ बजे

काठमाडौं – जङ्गलमा सल्किएको आगो निभाउने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको हो ।


बारीमा कोदोको बिउ राख्नलाई पात९पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।