हेटौंडा – मकवानपुरको बामगती गाउँपालिका वडा नं.८ साततलेमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौंडा तर्फबाट फापरवारीतर्फ जाँदै गरेको बागमती प्रदेश०२–०३८प०१८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ३५ को वल बहादुर मोक्तान र मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने बर्ष ३४ को निर बहादुर सिङ्तान रहेका छन् । उनीहरुको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्वीर