प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा एमालेको प्रदर्शन

२०७९ श्रावण १०, मंगलबार १३:०३ बजे

हेटौंडा – नेकपा एमाले, मकवानपुरले संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । आज बागमती प्रदेशको राजधानी हेटौंडामा बढ्दो मंहगी,कालोबजारी,अभाव,भष्ट्रचार र कुशासन विरुद्ध बृहत जनप्रदर्शन गर्दै संघीय निर्वाचनको मिति घोषणा गर्न माग गरेको हो । हेटौंडा ५ पुष्पलाल पार्क स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन हेटौंडा बजारको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले परमादेशबाट बनेको गठबन्धन सरकार जनताप्रति गैरजिम्मेवार बन्दै गएको आरोप लगाए । उनले गठबन्धन सरकार जनताबाट अनुमोदित नभएको र जनताप्रति प्रतिबद्ध नरहेको भन्दै छिटो भन्दा छिटो संघीय निर्वाचन घोषणा गर्न माग गरे ।

विरोध प्रदर्शन कार्याक्रममा एमाले केन्द्रीय सदस्य एंव मकवानपुर ईन्चार्ज रामेश्वर राना लगाएत एमाले बागमती प्रदेश सदस्यहरु,जिल्ला पदाधिकारीहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।