प्रहर खबर
 २०८१ बैशाख १८, मंगलबार    

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

२०८१ बैशाख ३, सोमबार १९:५८ बजे

काठमाडौँ – अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा अन्तिम सास लिएका थिए । यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

गिनिज बुक अफ वल्र्ड रेकर्डले पनि लोरी र जर्जको मृत्युको पुष्टि सामाजिक सञ्जालमा पोष्टमार्फत गरेको छ ।

जर्ज र लोरीको जन्म सेप्टेम्बर १८, १९६१ मा भएको थियो । दुवैको टाउको र रक्तकोष आंशिक रूपमा जोडिएको थियो । दुवैले मस्तिष्कको ३० प्रतिशत हिस्सा बाँडेका थिए । यद्यपि, यी सबै चीजहरूको बावजुद, लोरी र जर्जको फरक लिङ्ग र क्यारियरहरू थिए ।

२००७ मा आफ्नो ५०औं जन्मदिनमा एक साक्षात्कारमा, लोरीले भनेकी थिइन्, 'हाम्रो जन्मको समयमा, डाक्टरहरुलाई डर थियो कि हामी ३० बर्ष सम्म मात्र बाँच्नेछौं । तर हामीले तिनीहरूलाई गलत साबित गर्यौं ।'

जर्जलाई स्पाइना बिफिडा नामक रोग थियो र उनी लोरीभन्दा ४ इन्च छोटो थिए । दुवैले सार्वजनिक हाई स्कूलमा पढे र कलेज सँगै पूरा गरे ।

समाचार एजेन्सी एपीका अनुसार २४ वर्षको उमेरदेखि जर्ज र लोरी पेन्सिलभेनियामा दुई बेडरूमको अपार्टमेन्टमा बस्थे । यहाँ दुवैले आ–आफ्नो हिसाबले जीवन बिताए ।