प्रहर खबर
 २०७९ जेठ १३, शुक्रबार    

भिमफेदीमा २६ सय मत गणना: गठबन्धन अघिअघि, एमाले पछिपछि

२०७९ बैशाख ३१, शनिबार १३:३५ बजे

हेटौंडा – मकवानपुरमा भिमफेदी गाउँपालिकामा गठबन्धनको अग्रता कायम रहेको छ ।

निर्वाचन अधिकृत कार्यालय भिमफेदीका अनुसार २६ सय मत गणना हुँदा गठबन्धन नेकपा माओवादी केन्द्रका बद्री बहादुर स्याङ्तानले १२ सय ८८ मत सहित अग्रता लिएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठले १३ सय १ मत ल्याएका छन् ।

त्यस्तै अध्यक्षमा नेकपा एमालेका हिदम लामाले ११ सय ४२ मत ल्याउँदा उपाध्यक्ष पार्वती रानाले ११ सय ४० मत ल्याएकी छिन् ।अध्यक्षमा राप्रपाका सुन्दर कँुवरले २० मत पाउँदा उपाध्यक्षमा सानु मैया भुलुनले २० मत पाएकी छन् ।