प्रहर खबर
 २०८१ फाल्गुन २, शुक्रबार    

हेटौंडामा रमाइलो गर्दागर्दै घरको छतबाट लडेपछि...

२०८० माघ २, मंगलबार १२:०६ बजे

हेटौंडा – माघे सङ्क्रान्ति दिन रमाइलो गर्ने क्रममा घरको छतबाट लडेर हेटौंडामा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१३ बनस्पती बस्ने २४ बर्षीय मनिराज थोकर रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शम्भु पाठकको घरमा रमाईलो गर्ने क्रममा १ तले घरको छतबाट थोकर अचानक तल भुईमा लडेर घाइते भएका हुन् । गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनले माधक पदार्थ समेत सेवन गरेको पाईएको प्रहरीले जनाएको छ ।