प्रहर खबर
 २०८० आश्विन १७, बुधबार    

दोस्रो एक दिवसीय खेलमा नेपाल विजयी

२०७९ कार्तिक ३०, बुधबार ११:५४ बजे

काठमाडौं – युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।

युएईले दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । यस्तै आरिफ शेखले अविजित ३३ रन, सोमपाल कामी १६ रन, कुशल भुर्तेल ३५ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्लले २६ रन, दीपेन्द्र सिंह ऐरीले १३ रन, कप्तान रोहित पौडेलले ८ रन, आशिफ शेखले ६ रन र अर्जुन साउदले सुन्य रन बनाए ।

युएईका रोहन मुस्तफाले ३, हजरत बिलालले २ र बसिल हामिदले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनाएको थियो ।

युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ रन, अरबिन्दले २५ रन, बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए । त्यस्तै करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १र१ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ । युएई र नेपालबीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।