प्रहर खबर
 २०८० फाल्गुन १६, बुधबार    

हेटौंडामा खेल्दाखेल्दै एक बालक घरको छतबाट खसेपछि...

२०८० कार्तिक १४, मंगलबार २०:३३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ रानी दरबार नजिकै एक घरको छतबाट खसेर २ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा उमा वाग्लेको अन्दाजी २ वर्षीय छोरा आएस वाग्ले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार उनी खेल्ने क्रममा आफ्नै एक तल्ले घर छतबाट खसेका हुन्। उनको तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चितवन रिफर गरिएको उनले बताए ।