प्रहर खबर
 २०८१ माघ २, बुधबार    

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमो दुर्घटना

२०८० श्रावण २८, आईतबार १३:२२ बजे

हेटौंडा – काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घटना भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नं. २ ज्यामिरेडाँडामा ना१ज ४७३३ नम्बरको सुमो दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार काठमाडौंबाट हे टौंडातर्फ आउँदै गरेको सुपर लालीगुराँस सुमो, कुलेखानीको ज्यामिरेडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित सुमो सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

सुमो चालकको खुट्टामा चोट लागेको बताइएको छ । सुमोको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ ।विस्तृत विवरण आउन बाँकी छ।

फाइल तस्वीर