हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.६ रान्तिटोलमा आइतबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३८ बर्षीया निरा बजगाईं रहेकी छन् ।
कान्तिलोकपथ सडकखण्डमा शिबम सिमेन्ट फ्याक्ट्रीबाट सिमेन्ट लिएर हेटौंडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेकी बजगाईंलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
ट्रकको ठक्करबाट बजगाईंको घटनास्थमै मृत्यु भएको भण्डारीले बताए । गाडी र गाडी चालकलाई प्रहरी चौकी चौघडाले नियन्त्रणमा लिएको उनले बताए ।