प्रहर खबर
 २०८१ चैत्र २, शनिबार    

बागमती प्रदेश खेलकुद प्रतियोगिताः आजबाट खेल सुरु

२०७८ फाल्गुन २९, आईतबार ०५:२७ बजे

हेटौंडा – हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा उद्घाटन गरिएको प्रथम प्रदेश खेलकुद प्रतियोगिताका खेलहरु आज(आइतबार) बाट शुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत आईतबारबाट पुरुष फुटबल र व्याटमिन्टन खेल शुरु हुँदैछ ।

पुरुष फुटबल हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा दिउँसो दुई बजे चितवन र ललितपुरबिचको खेल सुरु हुनेछ । सोमबार पहिलो रामेछाप र सिन्धुपाल्चोक, दोस्रो खेल नुवाकोट र मकवानपुरबिच हुनेछ । चैत १ गते पहिलो खेल सिन्धुली र काठमाडौंबिच हुने भने दोस्रो भक्तपुर र रसुवाबिच हुनेछ ।

चैत २ गते पहिलो चरणको अन्तिम खेलमा दाधिङ्ग र काभेपलान्चोक भिड्नेछ । त्यसपछि दोस्रो चरको खेल शुरु हुनेछ । चैत २ गते दोस्रो चरणको एक, ३ गते दुई खेल हुनेछ भने चैत ४ गते दुई वटा सेमिफाइनलका खेलहरु हुनेछ । प्रतियोगिताको फाइल खेल चैत ६ गते दिउँसो ३ बजे हुनेछ ।

खेलहरु समुह दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा खेलाइने छ । प्रतियोगिताको पुरुष फुटबलतर्फ प्रदेशका १३ वटा जिल्लाको सहभागिता रहेको छ । त्यस्तै व्याटमिन्टन हेटौंडा–११ स्थित थानाभर्याङ कर्भडमा सुरु हुँदैछ ।

खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना भएको प्रतियोगिताका खेल मकवानपुरसहित पाँच जिल्लामा हुने बताइएको छ । मकवानपुरमा पुरुष फुटबल, ब्याडमिन्टन र तेक्वान्दो प्रतियोगिता हुनेछ ।

फुटबल र ब्याडमिन्टन प्रतियोगिता फागुन २९ गते र तेक्वान्दो प्रतियोगिता चैत ६ गते हुनेछ । चितवनमा फागुन ३० गतेदेखि भलिबल र क्रिकेट प्रतियोगिता हुनेछ । सिन्धुपाल्चोकमा चैत ७ गतेदेखि कराते प्रतियोगिता हुनेछ ।

त्यसैगरी काठमाडौँमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुनेछ । साथै, काभ्रेपलाञ्चोकमा चैत ७ गतेदेखि महिला फुटबल र चैत ९ गतेदेखि बक्सिङ प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ । प्रतियोगितामा २ हजार भन्दाबढी खेलाडीको सहभागिता रहेका छ ।