प्रहर खबर
 २०७९ मंसिर १६, शुक्रबार    

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

२०७९ आश्विन ११, मंगलबार १२:३८ बजे

हेटौंडा – गएराती मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मध्येहर्सायी दासटोलमा नम्बर नखुलेको मोटरसाइकलमा सवार स्थानीय ३५ वर्षीय रामचन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका क्रममा बिराटनगर स्थित गोल्डेन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल गएराती साढे ११ बजे अनियन्त्रित भइ पल्टिएको हो । मोटरसाइकल चालकलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिएको छ ।