प्रहर खबर
 २०८१ बैशाख ५, बुधबार    

बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु

२०८० पौष १६, सोमबार १९:३३ बजे

काठमाडौं – दाङमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१८ स्थित जनकल्याण माध्यमिक विद्यालयमा अध्ययनरत तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरी रहेका छन् ।

घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा भे १ ख ३६९७ नम्बरको बसले ठक्कर दिंदा चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।