प्रहर खबर
 २०८१ जेठ ६, आईतबार    

मनहरीका थिङ कान्छा प्रहरीको फन्दामा

२०८० फाल्गुन १८, शुक्रबार ०९:०१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट लागुऔषध अफिम सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नं.३ हाडीखोला बस्ने ५० बर्षीय थिङ कान्छा भन्ने मोहन राज थिङ रहेका छन् ।

सडकमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा थिङले बोकेको भिर्ने झोलाभित्रबाट करिब ५÷६ ग्राम अफिम फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।