प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हास्यशृंखला ‘सक्किगोनि’को प्रसारण रोकियो

२०७९ पौष २१, बिहीबार ०७:४२ बजे

काठमाडौं – हास्यश्रृंखला ‘सक्किगोनि’को प्रसारण रोकिएको छ । टेलिभिजन र उत्पादक संस्था जेपीटी क्रिएसनले सिरियलको १०० औं भाग प्रसारण भएपछि कार्यक्रम प्रसारण रोकिएको जनाएको छ ।

जेपिटी क्रिएसनका अध्यक्ष तथा कलाकार अर्जुन घिमिरे पाँडेले एक अनलाईनलाई बताए अनुसार टेलिभिजनले नै कार्यक्रमलाई निरन्तरता नदिने भनेपछि तत्काल सिरियलको प्रसारण रोकिएको हो । उनले साथीहरुसँग बसेर छलफल गरेर कसरी निरन्तरता दिने भनेर निष्कर्षमा पुग्ने बताए । उनले केही सातापछि पुनः दर्शकमाझ आउने योजना रहेको जानकारी दिए ।

‘सक्किगोनी’ श्रृंखला हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो । पाँडेका अनुसार तीन वर्षको लागि गरिएको सहमतिअनुसार २०८० मंसिर १७ गतेसम्म सम्झौताको समयावधि रहेको थियो ।