प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

राजर्षि जनक कपः साविक विजेता पिप्ले र उपविजेता बागमती भिड्दै

२०७८ चैत्र ९, बुधबार ०९:५८ बजे

हेटौंडा – पाँचौ राजर्षि जनक कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको अघिल्लो संस्करणमा हेटौंडाको पिप्ले युवका क्लब र आयोजक बागमती युवा क्बलबिच फाइनल खेल भएको थियो । २०७७ चैत ३० गते भएको फाइनल खेलमा आयोजक टोली बागमतीलाई उसकै मैदानमा हराउँदै प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको पिप्लेले उपाधि चुमेको थियो ।

त्यो उपाधि चुम्न पिप्ले फाइनल खेलमा निकै संर्घष गनु परेको थियो । फाइनलमा पिप्लेले निधाएरित समय, ट्राइब्रेकर हुँदै सडनडेथसम्मको संर्घष गुर्न परेको थियो । सडनडेथमा ५–४ गालेको संर्घषपुर्ण जित निकाल्दै पहिलो सहभागितामै पिप्लेले उपाधि हात पारेको थियो ।

छैटौँ संस्करणमा पिप्ले युवा क्लबको सहभागिता रहेको छ । साविक विजेताको हैसियतले सिधै क्वाटरफाइनल खेलमा प्रवेश पाएको पिप्ले पहिलो खेलमा शानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आइतबार भएको खेलमा एडिभिजन टोली हिमालय शिर्पा क्लबमाथि ३–० गोलको शानदार जित निकालेको हो ।

फेरी पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित सर्लाहीको मैदानमा उत्रिएको पिप्लेले अब सेमिफाइनलमा गतसिजनको चिरपरिचित प्रतिद्वान्दी आयोजक बागमतीसंग भिड्नु पर्ने भएको छ । मंगलबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरको संघर्षपूर्ण नतिजा आफ्नो पक्षमा निकाल्दै बागमतीले पिप्लेसंगको भेट पक्का गरेको गरेको थियो ।

गत संस्करणको फाइनलिस्ट टोलीको खेल भोली विहिबार दिउँसो ३ बजे हुनेछ । बागमती घरेलु मैदानको साथमा गत संस्करणको हार बदला लिने लक्ष्यसहित मैदानमा उत्रने छ । यता पिप्ले उही मैदान पुरानै नजिता सहज तरिकाले दोहो¥याउने लक्ष्यसहित मैदान उत्रनेछ । पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिने भएकोले दुबै टोलीमाथि जित्नै पर्ने दबाब छ । उपाधि होडमा रहेको दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्म हुनेछ ।

प्रतियोगितामा दुबै टोली एडिभिजन टोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बागमती भन्दा तुलनात्मक रुपमा पिप्ले केही बलियो देखिन्छ । पहिलो खेलमा जित निकाल्न बागमतीलाई निकै संर्घष गर्नु परेको थियो भने पिप्लले शानदार नतिजा निकालेको थियो । तर, कुन टोली प्रतियोगिताको फाइनलमा स्थान बनाउछ, त्यो विहिबारको खेलले नै निर्धारण गर्नेछ ।

१२ टिमको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १३ गते फाइनल हुनेछ । प्रतियोगिताको विजेताले राजर्षि जनक कपसहित १० लाख एक हजार र उपविजेताले पाँच लाख पाँच सय, सिल्ड र मेडल प्राप्त गर्नेछन्।