प्रहर खबर
 २०८१ माघ २, बुधबार    

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

२०८० पौष ४, बुधबार २०:३९ बजे

काठमाडौँ – रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको मृत्यु भएसँगै हालसम्म मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरेको जनाएको छ ।

यस्तै नेपाल मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह गरेको छ ।