प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

वाग्मती प्रदेश यातायात कार्यालयमा करिब १८ हजारले १५ दिनमा नै पालो पाउने, अनलाईन फाराम खुल्ला

२०७९ श्रावण २८, शनिबार ०८:१६ बजे

हेटौंडा – सवारीचालक अनुमतिपत्र लिने सेवाग्राहीको ब्यापक गुनासो आएपछि बागमती प्रदेश यातायात ब्यवस्था कार्यालयले बिद्यमान ब्यवस्थामा सुधार गरेको छ । वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रको लागि बायोमेट्रिक्सको लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४ः३० बजेदेखि अनलाईन फाराम भर्ने समेतको ब्यबस्था मिलाइएको बताउनुभएको छ । उहाँको अनुसार मन्त्रालयले आज सुचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले असार २८ गते तोकिएको कोटामा १२ सय १५ जना थप गरी भोलिबाट लागू हुने गरी ३६ सय ७५ पु¥याएको मन्त्री दाहालले जानकारी दिनुभयो । उहाँको अनुसार विचौलियाहरुले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४ः३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट ब्यबस्था मिलाइएको छ । यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्र्न नसकेका १८ हजार दुईसय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिन सक्ने ब्यबस्था मिलाइएको मन्त्री दाहालको भनाई रहेको छ ।

मन्त्रालयको सचिव यमलाल भुषालले सबभन्दा बढी आवेदन जगातीस्थित कार्यालयबाट दिन सकिने र सब भन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताउनुभयो । एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासोहरु फस्र्यौट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकोले तत्कालको लागि न्युनतम कोटा तोकिएको उहाँले जनाउनुभयो ।

वाग्मती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिब भुषालले बताउनुभयो । यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी बर्ग थप र नयाँ आवेदनको लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको शुरुवात भइसकेको उहाँको भनाई छ ।

सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिए बमोजिमको विवरण प्रविष्ट गरी चाहे बमोजिमको मितिको लागि आवदेन दिन सक्ने र अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिको लागि आवदेन दिन सक्ने व्यहोरा सुचनामा खुलाइएको सचिब भुषालले बताउनुभयो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायात मन्त्री दाहालको निर्देशनको आधारमा सुधारकार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिब भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार, बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । वाग्मती प्रदेश मातहतको यातयात सम्बन्धी सबै सेवा प्रवाहको तथ्यांकलाई दैनिक रुपमा वेवसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।अञ्जली थापा(रासस)