प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

भृकुटी मा.विको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन:मोक्तान

२०८० जेठ ६, शनिबार १३:१४ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन ःराजकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै व्यवस्थापन समिति सदस्यहरुमा वडा प्रतिनिधिबाट १४ नम्वर वडा सदस्य विना थिङ, विद्यालय प्रतिनिधिबाट विद्यालयका प्रधानध्यापक अच्युत कृष्ण रिजाल , निशा गुरुङ, जगत बहादुर सिन्तान, राम बहादुर भ्लोन, पार्वती लोप्चन, सुनामाया पाख्रिन सर्वसम्मत चयन भएको छ । त्यसैगरी , विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमा राम बहादुर रुम्बा र विजयी थिङ् चयन भएका छन् ।

वि.सं. २०७७ सालमा अध्यक्ष भएका अध्यक्ष मोक्तानले दोश्रो कार्यकालसम्म जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन र विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष मोक्तानले यसअघिको पहिलो कार्यकालमा कोभिडका कारणले गर्न नपाएका कामहरु दोश्रो कार्यकालमा गर्ने समेत बताए । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा ३ सय ३० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।