प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

हेटौंडामा हात बाँधेर झुण्ड्याएको अवस्थामा १२ वर्षीय बालक मृत फेला, दुई जना पक्राउ

२०७९ पौष ११, सोमबार १४:०८ बजे

हेटौंडा – हेटौंडामा हात बाँधेर झुण्ड्याएको अवस्थामा १२ वर्षिय बालक मृत भेटिएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१६ स्थित बाबेडाँडामा १२ वर्षीय मुस्कान भन्ने सुजन थिङलाई पछाडि हात बाँधेर झुण्डाएको अवस्थामा मृत फेला मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुवै हात बाँधिएकोले बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाईएको डीएसपी कार्कीले बताए । उनले हत्या आशंकामा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । 

प्रहरीले पक्राउ परेका दुई जनाको नाम खुलाएको छैन । सालको रुखमा कपडाको डोरीले पासो लगाई बालक झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई गराएका थिए । खबर पाएपछि प्रहरी घटना स्थल पुगेको र दुई जनालाई नियन्त्रणमा लिएको कार्कीले बताए ।

घटनाको थप विवरण पोष्टमार्टमपछि आउने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकको शव हेटौंडा अस्पतालमा राखिएको छ ।