प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

टी-२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै

२०८१ जेठ २८, सोमबार ०७:४१ बजे

काठमाडौँ – जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुदै छ ।

न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसलाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।

यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी-२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ । बंगलादेशले अहिलेसम्म टी-२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन ।