हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार बिहानैदेखि बर्षा भइरहेको छ । हेटौंडासंगै कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बांकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातीस् देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षा,मेघ-गर्जन/चट्याङ्ग ,गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अअपनाउन महाशाखाले अनुरोध गरेको छ।