प्रहर खबर
 २०७९ माघ २४, मंगलबार    

हुप्रचौर अतिक्रमण नियन्त्रण र राजा विरेन्द्रको शालिक सुरक्षाको माग, पुरातत्व विभागलाई ज्ञापनपत्र

२०७९ मंसिर १५, बिहीबार १९:०६ बजे

हेटौंडा – हेटौंडामा राजा विरेन्द्र विर विक्रम शाहको शालिकको सुरक्षा तथा हुप्रचौर अतिक्रमण नियन्त्रण माग गर्दै ज्ञापनपत्र बुझाईएको छ ।

राप्रपा बामगती प्रदेशका सचिव तथा  मंसिर ४ गतेको निर्वाचनमा मकवानपुर १ को (ख)बाट उम्मेदवार बनेका गुन्जन बहादुर न्यौपाने, सन्दिप कुमार सापकोटा सहितको समुहले मकवापनुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् ।

हेटौडा उपमहानगरपालिका– ४ को हुकुम प्रमाणित चौर (हुप्रचौर)को स्वामित्व हेटौडा उपमहानगरले दावी गर्दै मनलाग्दी संरचना बनाउने, अन्य संघ संस्थालाई समेत विना नक्सा तथा अनुमती बिना भवन बनाउन दिने कार्य बन्द गरी अनाधिकृत रुपमा सार्वजनिक चौरको अतिक्रमण रोक्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

 साथै, चौरमा ऐतिहासिक, कलात्मक तथा पुरातात्विक महत्वको राजा विरेन्द्रको शालिक नै भत्काउने गरी भवन निर्माणको ठेक्का सम्झौता भएकोले शालिकको सुरक्षा र संरक्षण गर्न ज्ञापनपत्र बुझाईएको सन्दिप कुमार सापकोटाले बताए ।

विरेन्द्रको शालिक पुरातात्विक सम्पदाको रुपमा सुचिकृत गर्न माग

उनीहरुले प्रजिअ पाण्डेमार्फत मौलिक सामाग्री प्रयोग गरि निर्माण गरिएको राजा विरेन्द्रको शालिक पुरातात्विक सम्पदाको रुपमा सुचिकृत गर्न माग गर्दै पुरातत्व विभागलाई ज्ञापनपत्र समेत पठाएका छन् ।

शालिक पुरातात्विक तथा ऐतिहासिक महत्वको शालिक रहेको हँदा अविलम्ब शालिकलाई सुरक्षा र संरक्षण गरि पुरातात्विक सम्पदाको रुपमा सुचिकृत गर्न र सो शालिक नभत्काउन तत्काल हेटौडा उपमहानगरपालिकालाई पत्राचार गर्न विनम्र अनुरोध गर्दछौँ, ज्ञापनपत्रमा लेखिएको छ ।

मकवापनुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापन पत्र

मकवापनुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेमार्फत पुरातत्व विभागलाई ज्ञापनपत्र