हेटौंडा – नेपाल शिक्षक संङ्घ मकवानपुरले देउसी भैलोबाट संकलन भएको रकम भुकम्प पीडितहरुका लागि सहयोग गरेको छ । संघले संकलन गरेको ६० हजार १७० रुपैयाँ रकम सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर मार्फत प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषमा जम्मा गरेको हो ।
शिक्षक संङ्घ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंका अनुसार देउसी भैलोबाट ६६ हजार १५५ संकलन गरेको थियो । उक्त रकमबाट ५ हजार ९८५ रुपैयाँ व्यवस्थापन खर्च घटाएर ६० हजार १७० रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप सहायता कोषको खातामा जम्ममा गरिएको अध्यक्ष हुँमागाईंले जानकारी दिए ।