काठमाडौं – तारकेश्वर नगरपालिका–६ पुशल बस्ने ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३९ वर्षीय नरेन्द्र शिवभक्ति रहेका छन् ।
सोही नगरपालिका–३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा मंसिर २२ गते डिल्ली पुतुवारको शंकास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको क्रममा नरेन्द्रको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
राहत दिईरहेको ठाउँ चिसापानी चप्पल कारखानातर्फ लैजाने क्रममा नरेन्द्रले महिलाको साथमा रहेको पैसा लिने मनसायले उनलाई ढुंगाले हिर्काएर हत्या गरेर साथमा रहेको करिब ५० हजार रुपैयाँ नगद लिएर शव खोल्सामा लुकाई घर फर्केको खुल्न आएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।