प्रहर खबर
 २०८१ असार ६, बिहीबार    

हेटौंडाबाट काजु लगायतका सामानहरु बरामद

२०८० भाद्र ३, आईतबार ०७:०३ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट भन्सार छली गरेर ल्याएको सामानहरु बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शनिबार वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ख २४७३, ना ५ ख २४६८ र ना ७ ख ६००५ नम्बरको बसबाट पाँच लाख २७ हजार मुल्यबराबरका सामानहरु बरामद गरेको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

२४७३ नम्बरको बसको यात्रु बस्ने सिटबाट काजु ६२ केजी, रजनी गन्ध १५ वटा सानो डब्बा, तुलसी सुर्ती ३ झोला बरामद गरिएको छ भने २४६८ नम्बरको बसबाट अमुल बटर २ काटुन, फ्रेस क्रिम १ काटुन, अमुल घिउ २ काटुन बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस १ काटुन भित्र सानो काटुन २२ वटा, जुता २५ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।