प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

टि-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष

२०७९ माघ ६, शुक्रबार ०९:३९ बजे

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको छ। सिआइबी प्रवक्ता एवं एसपी संजय सिंह थापाले एक अनलाईनलाई अनुसन्धानले स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको बताएका छन् ।

स्पट फिक्सिङ भएको भन्ने भन्ने प्रारम्भिक ठम्याइ छ। त्यहीँ अनुसार कानुनी दायरामा ल्याउने हिसाबले अगाडि बढेको छ,' उनले उक्त अनलाईनसंग भने । सोमबार यसबारे प्रतिवेदन सार्वजनिक गर्ने तयारी समेत रहेको उनले बताए।  लिगमा स्पट फिक्सिङ भएको भन्ने खबर पाएपछि सिआइबीले अनुसन्धान गरिरहेको थियो।

पुस २८ गते सकिएको लिग सुरू देखिनै विवादित थियो। लिगमा स्पट फिक्सिङको आशंका भएपछि सिआइबीको अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडी समेतको संलग्नता हुनसक्ने बताएको छ। यसबारे सिआइबीले अहिले सार्वजनिक गरेको छैन।

नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई बिना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।सेतोपाटीबाट