प्रहर खबर
 २०८१ असार ३१, सोमबार    

मकवानपुरमा विद्यालय स्तरीय फुटबल प्रतियोगिता सुरु

२०८० आश्विन १९, शुक्रबार १९:३६ बजे

हेटौंडा – स्वर्गीय कृष्ण प्रसाद दाहाल स्मृति यू–१६ स्कुल स्तरीय नकआउट फुटलब प्रतियोगिता २०८० सुरु भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.६ स्थित गौरिटारस्थित गौरिटार रंगशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला फुटलब संघ मकवानपुरको अध्यक्ष टिकाराम लामा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, हेटौंडा स्कुल अफ म्यानेजम्यान्टका सञ्चालका पुरन बहादुर जोशी लगायतको उपस्थिती रहेको थियो । 

प्रतियोगिताको उद्घाटनको दिन हेटौंडा उपमहानगरपालिका वडा नं.१९ को निर्मल माध्यमिक विद्यालय र बागमती गाउँपालिकाको देबकी माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा निर्मलले हेटौंडा उपमहानगरपालिका वडा नं.१८ को ज्योति माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा देबकी माविले हेटौंडा उपमहानगरपालिका वडा नं.३ को सनसाइन बोर्डिङ स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितसंगै निर्मल र देबकी मावि प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जिल्ला फुटबल संघ मकवानपुरका अनुसार भोली शनिबार चार वटा खेल हुनेछ । पहिलो खेल हेटौंडाको भुटनदेवी मावि र मकवानपुरगढीको शारदा मावि, दोस्रो हेटौंडाकै महेन्द्र मावि र जनप्रिय मावि, तेस्रो बंशगोपाल मावि र भोजसिद्ध मावि, अन्तिम खेल माउन्ट एभरेष्ट र नवोदय शिशु सदनबीच हुनेछ ।

प्रतियोगितामा २९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले उपाधी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।