हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता कायमै रहेको छ । नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना) ६ हजार ९५२ मतका साथ अग्रस्थानमा छिन् ।
नेकपा एमालेको चुनाव चिह्न सूर्य लिएर उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार कमल थापा ४ हजार ७९६ मतका साथ दोस्रो स्थानमा छन्
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह १ हजार ८०३मतका साथ तेस्रो स्थानमा छन् । दिपक र कमल कुनै समयको सहयात्री कुनै समयको सहयात्री थिए । उनीहरु एकअर्कालाई दाजुभाईको रुपमा स्वीकार्छन् ।