हेटौंडा – थानकोट चित्लाङ सडक गणेशमान सिङ राजमार्ग लाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महत संगै भौतिक योजना मन्त्रालयले सकारात्मक तत्परता देखाएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाश शरण महत सँग बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको नेतृत्वमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्ट सहितका टोलिले भेट गरेपछि सकारात्मक जबाफ आएको हो।
संघीय सरकारले चित्लाङ चन्द्रागिरी थानकोट सडक(गणेशमान सिंह मार्ग) आर्थिक बर्ष २०८०र०८१ को बजेट तथा नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारेकोले प्रधानमन्त्री तथा अर्थमन्त्री संग बालुवाटार पुगेर ध्यानाकर्षण गराएका हुन्।
आज बिहान बागमाती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तान र मेयर बिष्णु बिष्ट सहित निवर्तमान मेयर लवशेर बिष्ट र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिती सदस्य इन्द्रबहादुर श्रेष्ठ लगायतका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतले यहि बर्ष चित्लाङ थानकोट सडकलाई बजेटको सुनिश्चितता गर्ने प्रतिवद्द्ता जनाएको भेटमा सहभागी माओवादी नेता इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
सडककै लागि बुधबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको निवर्तमान मेयर लवशेर बिष्टले बताए। भेटमा भौतिक मन्त्री प्रकाश ज्वालाले थाहा नगरपालिका लाई राजधानी काठमाडौ संग जोड्ने छोटो मार्ग गणेशमान सिंह मार्गको स्तरोन्नतिको लागि पहल गर्ने बताएको निवर्तमान मेयर लवशेर बिष्टले बताए।
त्यसैगरी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सरकारले ५० औ बर्ष देखि गरेको लगानिको प्रतिफल आउने अबस्था निर्माण भएको हुँदा यस्लाइ तत्काल निर्माण सम्पन्न गरेर संघिय राजधानी देखि प्रदेश राजधानी हेटौंडा सम्मको यात्रा दुरी छोट्याइ राजधानी काठमाडौ लाई दैनिक रुपमा आबश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहा नगर,इन्द्रसरोवर,भिमफेदी,कैलाश बाट दुरि घट्न गै उत्पादन र उपभोक्ता दुबै लाभान्वित हुने तथा इन्धन बचत बाट राष्ट्रनै लाभान्वित हुने हुदा उक्त सडकको चाडै निर्माण सम्पन्न गर्न प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
थानकोट चित्लाङ गणेशमान मार्ग निर्माण थालनी भएको ५०औं बर्ष बितिसक्दा पनि पुर्णता नपाउदा स्थानीयले यथोचित लाभ प्राप्त गर्न नसकेको तथा मकवानपुरको भिमफेदी बाट मानिसले मोटर बोकेर काठमाडौ ल्याउने ऐतिहासिक बाटो अहिले सम्म निर्माण कार्य सम्पन्न नहुनु बिडम्बना भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले भेटको क्रममा बताएको माओवादी नेता इन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।