प्रहर खबर
 २०७९ असार १२, आईतबार    

बागमतीमा प्रदेशमा एमाले पहिलोबाट तेस्रोमा झर्‍यो !

२०७९ जेठ ७, शनिबार १८:४४ बजे

काठमाडौं – वैशाख ३० गते भएको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । संघीय राजधानी समेत रहेको वाग्मती प्रदेशको मत परिणाम अन्तिमतिर पुगेको छ । 

हालसम्मको नतिजाअनुसार कुल ११९ स्थानीय तह रहेको वाग्मती प्रदेशका ११५ स्थानीय तहको नतिजा आउँदा कांग्रेस सबैभन्दा ठुलो पार्टी बनेको छ । कांग्रेसले ५६ पालिका जित्दै पहिलो स्थानमा छ ।

०७४ को स्थानीय तह निर्वाचनमा ६४ स्थानीय तह जित्दै पहिलो पार्टी बनेको एमाले तेस्रोमा झर्ने देखिएको छ । एमाले र माओवादी केन्द्रले २६/२६ पालिका जितेका छन् । नेकपा (एकीकृत समाजवादी)ले पाँचवटा पालिका जितेको छ भने राप्रपा र नेपाल मजदुर किसान पार्टीले १/१ पालिका जितेको छ । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले ३५ र माओवादी केन्द्रले १७ पालिका जितेको थियो ।  

प्रदेशको काठमाडौं, भरतपुर, ललितपर महानगरपालिका र काभ्रेको पाँचखाल नगरपालिकाको मत परिणाम आउँन बाँकी छ । बाँकी रहेको चार पालिकामा एमालेका उमेदवारभन्दा गठबन्धनका उम्मेदवार अगाडि छन् । गठबन्धनको उम्मेदवारको मतान्तर फराकिलो भएकोले बाँकी स्थानीय तहमा एमाले जित्ने सम्भावन काम देखिएको छ ।